लुम्बिनी

एमाले दाङ अध्यक्षमा बस्‍नेत

इकागज |
पुस २४, २०७८ शनिबार ९:० बजे

बुटवल- नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् । शुक्रबारबाट सुरु भएको १३औँ जिल्ला अधिबेशनबाट जिल्ला अध्यक्षमा बस्नेत सर्वसम्मत चयन भएका हुन् । पार्टी विभाजनपछि अध्यक्षकाे जिम्मेवारी सम्मालिरहेका बस्नेत १३औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका हुन्  । 

अधिवेशनले उपाध्यक्षमा राममणी पाण्डे, सचिवमा मनोहर बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ । यस्तै उपसचिवमा कृष्ण भुसाल र हिरा देवी पुन चयन भए । दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला हो । तीन वर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १ सय २१ सदस्यको चयन गरिएको छ ।



Author

थप समाचार
x