लुम्बिनी

लुम्बिनी सरकार अल्पमतमा, तीन सांसदको खोजीमा एमाले

बिक्रम खड्का |
फागुन २५, २०७७ मंगलबार १५:५८ बजे

बुटवल : नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि लुम्बिनी प्रदेस सरकार अल्पमतमा परेको छ । कुल ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशसभामा तत्कालीन नेकपाका ६१ जना सांसद थिए । एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब लुम्बिनी प्रदेशसभामा एमालेका ४१ सांसद मात्र रहने भएका छन् । यो संख्या बहुमतका लागि आवश्यक संख्याभन्दा कम हो ।


प्रदेशसभाका २० जना सांसद तत्कालीन माओवादी केन्द्रका छन् । जसमा एकजना सभामुख छन् । सरकार बनाउन ४४ सांसद आवश्यक पर्छ । तर, एमालेबाट निर्वाचित ४१ जना सांसद मात्र भएकाले सरकार टिकाउन अब एमालेले तीन जना सांसदको साथ खोज्नुपर्ने हुन्छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा शंकर पोख्रेल नेतृत्वको प्रदेस सरकारले विस्वासको मत लिनु पर्ने हुन्छ । यस्तो स्थितिमा लुम्बिनीमा एमालेले जनता समाजवादी पार्टीसँग सत्ता समीकरण गर्ने सम्भावना बढेको छ । प्रदेशसभामा जनता समाजवादीका छ जना सांसद छन् । 

प्रदेश सभामा नेपाली कांग्रेसका १९ जना सांसद रहेका छन् ।  जनमोर्चाका एक  जना सांसद रहेका छन् । माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरे मुख्यमन्त्री शंकर पोखरेलले नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस वा जसपा दुईमध्ये एक पार्टीको साथ लिनुपर्ने छ । १९ सांसद रहेको कांग्रेससँग सत्ता समीकरण गर्नुभन्दा जसपासँग समीरण बनाउँदा बढी फाइदा पुग्ने एमालेको आँकलन छ ।

सासद पद गए पनि दधिराम न्यौपाने नर्फिने 
तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभाको निर्वाचनमा चुनाव जितेको दधिराम शर्मा न्यौपाने ओली समुहमा लागेका छन् । न्यौपाने अब पुरानो पार्टी माओवादी केन्द्रमा नर्फिकिने बताउँछन् । उनले सासद पद गए पनि ओली समूह नछोड्ने बताएका छन् ।  ‘पद गए जान्छ, हिजो भाषण गर्दै हिडेको मान्छे अब पूरानो समूहमा फर्किने कुरा भएन,’ उनले भने । 

नेकपाबाट विजयी सासद विमला ओलीको पद के हुन्छ ?
प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको दुर्घटनामा परी दुई वर्षअघि मुत्यु भएको थियो । उनी तत्कालीन नेकपामा एमालेको तर्फबाट प्रतक्क्षतर्फ दाङ प्रदेश सभा ३ ख बाट निर्वाचित भएका थिए । उनको मृत्युपछि सो क्षेत्रमा उपनिर्वाचनमा भएको थियो । जसमा उनकै श्रमिती विमलाकुमारी खत्री विजयी भइन् ।

 निर्वाचन आयोगले अहिले उनी विजयी भएको नेकपा नरहेको फैसला गरेको छ । जसका कारण उनको पद के हुने भन्ने बारे अन्यौल सिर्जना भएको छ । उनले भने यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x