कर्णाली

दैलेखमा चट्याङ लागेर खत्रीको मृत्यु

इकागज |
भदौ २९, २०८० शुक्रबार ७:२ बजे

दैलेख- दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए । चट्याङ लागेर  १६ जना घाइते भएका छन् । 



Author

थप समाचार
x