कर्णाली

एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग

इकागज |
असोज १५, २०८० सोमबार २१:१८ बजे

सुर्खेत - नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन् । एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट शाह अध्यक्षमा निर्वाचित भएका हुन् । शाहले तीन सय ६९ मत प्राप्त गरि शाह अध्यक्षमा निर्वाचित भएका हुन् । 

शाहका निकटतम् प्रतिद्वन्द्वी मीनबहादुर शाहीले दुई सय मत प्राप्त गरी पराजित भए ।


यस्तै उपाध्यक्षमा उम्मेदवार टेकराज पछाई विजयी भएका छन् पछाईले तीन सय ४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी दानसिंह परियारले ५९ र लालबहादुर महतराले एक सय ७६ मत प्राप्त गरे ।  

त्यसैगरी सचिवमा धुव्रकुमार शाही निर्वाचित भएका छन् । शाहीले चार सय ६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गरेका छन् ।


Author

थप समाचार
x