कर्णाली

वडाध्यक्षलाई फोनबाट धम्की दिएर वडा कार्यालयमा आगजनी

इकागज |
असोज ६, २०७८ बुधबार १५:४५ बजे

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा कार्यालयमा आगजनी भएको छ । वडा नम्वर एकको कार्यालयमा बुधबार बिहान साढे १० बजे आगजनी भएको हो ।  आगजनीबाट कार्यालयका कागजातको साथै अध्यक्ष वस्ने कुर्सी, सोफा, दराजहरु जलेर नष्ट भएका छन् । 

वडा अध्यक्ष गंगाराम सुनारका अनुसार सोही वडाका वास्ताम लामिछानेले आज विहान करिब साढे दश बजे वडा कार्यालयमा आगजनी गरेको बताए । उनले वडा अध्यक्षलाई फोन गरेर सुरुमा वडा कार्यालय जलाइदिने धम्की दिएका थिए । केही समयपछि पेट्रोल छर्केर वडा कार्यालयमा आगजानी गरिएको खबर आफूले पाएको उनले बताए । 


वडा कार्यालयमा आगजन गरेपश्चात नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले वडा कार्यालयको निरीक्षण गरेका छन् । सुवेदीले सरकारी सम्पतीमाथि क्षति पु¥याउनेलाई कानुनी दायरामा ल्याइने बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले बताए । 


Author

थप समाचार
x