कर्णाली

कर्णालीका मुख्यमन्त्री शाहीले मंसिर १४ मा विश्‍वासकाे मत लिने

इकागज |
मंसिर ३, २०७८ शुक्रबार १२:२९ बजे

सुर्खेत- कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनको लागि प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् । 

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते प्रदेशसभा अधिवेशन आव्हान गरेका हुन् । 


प्रदेशसभा सचिवालयले १४ गते दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरेको छ । शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । 


 


Author

थप समाचार
x