कर्णाली

सुर्खेतमा दाहाल-नेपाल र ओली समूहका कार्यकर्ता सडकमा

बन्दको अवज्ञा गरेको भन्दै युवा कुटिए

लक्ष्मी भण्डारी |
माघ २२, २०७७ बिहीबार १३:१५ बजे

सुर्खेत : नेकपाको दाहाल-नेपाल समूहले बुधबार आह्वान गरेको नेपाल बन्दमा सुर्खेतस्थित विद्यार्थी संगठनका युवाहरु उग्र बनेका छन् । दाहाल-नेपाल समूहका कार्यकर्ताहरु बन्द गराउनुपर्छ भन्दै सडकमा निस्किएका छन् भने ओली समूहका कार्यकर्ताहरु बन्दको प्रतिकारमा उत्रिएका छन् । ओली समूहका विद्यार्थीहरुले बन्द गराउन पाइदैन भन्दै प्रदर्शनसमेत गरेका छन् । 

बन्दको अवज्ञा गरेर हिडेको भन्दै मोटरसाइकलमा सवार एक युवालाई कुटपिट गरेका छन् । आन्दोलनमा सहभागीले आज बिहान १० बजे मोटरसाइकल चलाइरहेका दैलेख भैरवी गाउँपालिकाका जोरासिंह विष्टलाई कुटपिट गरेका छन् । 


प्रदर्शनसहित बुलबुले गेटनजिकै पुगेका युवाले पूर्वतिरबाट मोटरसाइकल चलाएर आएका युवालाई मोटरसाइकलबाट झारेर कुटपिट गरेका हुन् । कुटपिटबाट सामान्य घाइते भएका उनलाई प्रहरीले उद्धार गरेको छ । सुर्खेतमा लामो दुरीका सवारीसाधनहरु नचलेपनि  छिटपुट रूपमा अटोरिक्सा र मोटरसाइकल चलिरहेका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।  

 


Author

थप समाचार
x