कर्णाली

सुर्खेतमा थप एक कोभिड संक्रमितको मृत्यु

लक्ष्मी भण्डारी |
कात्तिक १६, २०७७ आइतबार १३:११ बजे

प्रतिकात्मक तस्वीर

सुर्खेत : सुर्खेतमा एक जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–१२ का ३२ वर्र्षीय युवाको कोभिड संक्रमणबाट मृत्यु भएको हो ।
कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

 शनिवार राति ११ बजे ती युवाको मृत्यु भएको हो । प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याएको एक घण्टामै युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । 
 अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीले मृतक युवामा मानसिक रोगको समस्या रहेको जानकारी दिए ।


‘दसैंैंको सप्तमीको दिन ज्वरो आएपछि छिन्चुमा टाइफाइ भनेर उपचार गरिएको रहेछ’ फोकल पर्सन केसीले भने, ‘औषधिले ठीक नभएपछि बाँकेको कोहलपुर लगिएको थियो र त्यहाँ भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पु-याइएको थियो ।’

तीन दिनअगाडि मात्रै ति युवाको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १६ पुगेको छ ।


 


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x