सुदूरपश्चिम

दार्चुला-तिंकर सडक निर्माणमा संलग्‍न धामीको भीरबाट लडेर मृत्यु

इकागज |
असार १३, २०७९ सोमबार १३:३४ बजे

सांकेतिक तस्बिर

कैलाली- दार्चुला-तिंकर सडक निर्माणमा संलग्न कामदारको भीरबाट लड्‌दा मृत्यु भएको छ ।

व्याँस गाउँपालिका–२ मालगाउँस्थित नाकुरीधार क्षेत्रमा सडक निर्माणका क्रममा भीरबाट लडेर नौगाड गाउँपालिका–४ सिप्टीका जय बहादुर धामीको मृत्यु भएको हो । 


दार्चुला–तिंकर सडक निर्माणका साइट इन्चार्ज वीरेन्द्र सिह धामीले सोमबार विहान १० बजेतिर भीरबाट करिब ५ सय मिटर तल खस्दा जयबहादुरको घटनास्थलमै मृत्यु भएको बताए ।


Author

थप समाचार
x