सुदूरपश्चिम

अपडेट

दार्चुला बाढी : सुतिरहेको अवस्थामा घरमा पहिरो खस्‍यो, चार जना बेपत्ता (भिडियो)

इकागज |
भदौ २५, २०७९ शनिबार ८:१० बजे

कैलाली- दार्चुला जिल्लाको बंगाबगड क्षेत्र, डुङरी, मुल्ला मैखोली, पन्नोणालगायतका क्षेत्रमा लास्कुखोलामा आएको बाढीले ठुलो क्षति पुर्‍याएको छ । गएरातिदेखी परेको पानीका कारण आएको बाढी र पहिरोले दार्चुला करिब एक दर्जन घर बगाएको छ भने केही मानवीय क्षतिसमेत भएको आशंका गरिएको छ ।


बिहान करिब ३ बजेतिर आएको बाढी र पहिरोका कारण केही मानिस हताहत भएको हुनसक्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता हेमन्ती साउदले बताइन् । 

लास्कु खोलामा आएको बाढीले सबैभन्दा धेरै क्षति पुर्‍याएको बताउँदै साउदले नौगाड क्षेत्रको एक घरमा रहेका चार जना सम्पर्क बिहिन भएको बताइन् । उनले उनीहरू घरमै सुतिरहेको अवस्थामा घरमा पहिरो खस्न गई घर नै बगाएको बताइन् ।

अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयले उद्दार तथा खोजी कार्य गरिरहेको बताउदै प्रबक्ता साउद आफूसमेत उक्त स्थानतर्फ जाँदै गरेको बताइन् ।

र, यो पनि


Author

थप समाचार
x