सुदूरपश्चिम

जनैपूर्णिमाको अवसरमा बडिमालिकामा मेला

इकागज |
भदौ १४, २०८० बिहीबार १०:५८ बजे

कैलाली- बाजुरा जिल्लामा रहेको बडिमालिकामा जनैपूर्णिमाको अवसरमा यस वर्ष पनि मेला लागेको छ । भाद्र ११ गते देखि १४ गतेसम्म जनै पूर्णिमाको मेला लागेको हो ।

बडिमालिका मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी डोलसमेत पुगेका थिए । सरकारी टोलीको पुजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पूजाअर्चना गरेका छन् ।


समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका जान बाजुरा सदरमुकाम मार्तडिबाट तीन दिन पैदलयात्रा गर्नुपर्छ ।

यात्रा सुरु हुँदादेखि नै गाउँलेले बाटोमा पुजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशिर्वाद दिउन् भन्ने कामना गर्छन् ।

बाटोमा खाने बस्ने व्यवस्था नभएको उक्त क्षेत्रमा जनैपूर्णिमाको मेला बाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन्। बडिमालिकाको दर्शन गरे चिताएको पुग्छ भन्ने जनविश्वास छ। 


Author

थप समाचार
x