सुदूरपश्चिम

धनगढीमा भीषण आगलागी

जुत्ता पसलमा विद्युत सर्ट भएर सल्केको आगोले अस्पतालमा क्षति

इकागज |
मंसिर २, २०८० शनिबार ७:५५ बजे

कैलाली- धनगढी बजारमा शनिबार भीषण आगलागी भएको छ। विद्युत सर्ट भएर भएको आगलागीबाट मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।


आगलागीबाट सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुल्दीप चन्दले जानकारी दिए। स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको डिएसपी चन्दले बताए।

धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको डिएसपी चन्दले बताए । 

त्यस्तै आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली परिचालन गरिएको थियो । चन्दले क्षतिको यकिन विवरण प्राप्त नभएको बताए ।


Author

थप समाचार
x