सुदूरपश्चिम

पाँच दशक पुरानो गोदाममा आगलागी हुँदा क्षणभरमा ध्वस्त भयो अस्पताल

इकागज |
मंसिर २, २०८० शनिबार ९:३५ बजे

कैलाली- पाँच दशक पुरानो गोदाममा सञ्‍चालित अस्पताल आगलागीबाट ध्वस्त भएको छ । धनगढीमा राति भएको भीषण आगलागीले सारथी अस्पताल जलेर ध्वस्त भएको हो ।

अस्पतालसँगै जोडिएर रहेको जुत्ता चप्पलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले अस्पताल नै ध्वस्त भएको हो ।


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ४ वर्षदेखि करोडौँको लगानीमा सञ्चालनमा आएको सो अस्पताल आगलागीले ध्वस्त बनेको हो ।

अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीका अनुसार अचानक आगलागी हुँदा त्यहाँ उपचाररत आधा दर्जन बिरामीलाई राति नै अन्यत्र सारिएको छ । 

मानवीय क्षति नभए पनि आगलागीले अस्पतालका यन्त्र उपपकरणहरुमा ठूलो क्षति भएको जोशीले बताए । आगो निभाउने कार्य जारी रहेको बताउँदै उनले क्षतिको विवरण तत्काल आँकलन गर्न  गाह्रो भएको बताए । आगलागीबाट अन्य आधा दर्जन बढी पसलमा समेत क्षति पुगेको छ ।


Author

थप समाचार
x