सुदूरपश्चिम

भारतीय तस्करको समूहद्‍वारा सशस्त्र प्रहरीमाथि निर्घात कुटपिट

इकागज |
असोज ५, २०७८ मंगलबार ७:३८ बजे

कैलाली- कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्करको समूहले निर्घात कुटपिट गरेको छ । कञ्‍चनपुरको दक्षिणी बेल्ट दोधारा चाँदनी नगरपालिका-८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका हुन् ।

तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरूको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्रसिंह ऐरले बताए ।  तस्करी नियन्त्रणका क्रममा भारतीयहरूले ढुंगामुढा प्रहार गरेको उनले बताए । 


सोमबार राति ८ बजे नेपाल-भारत सीमा क्षेत्रमा तस्करी भइरहेको सूचनाको आधारमा पुगेका सशस्त्र प्रहरीमाथि तस्करहरूले हातपात गर्दै प्रहरी  नियन्त्रणमा रहेको मोटरसाइकल र चिनी आफैसँग लिएर गएका छन् । तस्कर पक्राउ गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोग मागिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।


Author

थप समाचार
x