सुदूरपश्चिम

कारागारका कैदीबन्दीलाई धनगढीका मेयरले दिए खसी उपहार

इकागज |
असोज २७, २०७८ बुधबार ११:१० बजे

फाइल तस्बिर

कैलाली - धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले कारागारका कैदीबन्दीलाई खसी उपहार दिएका छन् । मेयर वडले जिल्ला कारागारका कैद भुक्तान तथा पुर्पक्षमा रहेका कैदीबन्दीलाई खसी उपहार दिएका हुन् ।

मेयर निर्वाचित भएदेखि नै उनले निरन्तर खसी दिँदै आएका छन् । विभिन्न अभियाेगमा कारागारमा रहेका व्यक्तिहरू आफन्तबाट टाढा रहने र चाडबाड खल्लाे हुने हुँदा दसैं खल्लो नहोस भनेर खसी दिइएकाे मेयर वडले बताए ।


विभिन्न अभियाेगमा जेलमा रहेका व्यक्तिहरूलाई आचरण सुधार गरेर सामाजिक जीवनमा फर्किन प्रेरणा मिलाेस् भनेर शुभकामनाका साथै आफूले वर्षेनि खसी उपहार दिने गरेको मेयर वडले बताए ।


Author

थप समाचार
x