सुदूरपश्चिम

सुदूरपश्‍चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गते

नवराज पनेरु |
माघ १८, २०७७ आइतबार १८:८ बजे

धनगढी : सुदूरपश्‍चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गतेदेखि सुरु हुने भएको छ । सुदूरपश्‍चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले माघ २६ गते सातौँ अथवा हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

गत साउन ३१ गते प्रदेशसभाको छैटौँ एवम् बजेट अधिवेशन अन्त्य भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि नयाँ विधेयक दर्ता भएका हुन सकेको छैन ।  छैटौँ अधिवेशनसम्म प्रदेश सभामा दर्ता भएका ४४ विधेयकमध्ये ४२ विधेयक पारित भएका थिए ।


संविधानमा भएको व्यवस्था अनुसार एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचमा ६ महिना भन्दा बढि अवधी हुन नहुने भनिएको छ । सो व्यवस्था अनुसार सुदूरपश्‍चिम प्रदेश सभाको अधिवेसन आह्वान माघ महिनाभित्रै गरिसक्नु पर्ने कानुनी बाध्यता थियो । 


Author

थप समाचार
x