सूचना-प्रवधि

आइफोनका नयाँ भर्सनहरू सार्वजनिक, यस्ता छन् विशेषता

इकागज |
भदौ २३, २०७९ बिहीबार ७:५४ बजे

काठमाडौँ - एप्पलले नयाँ आइफोन १४ र आइफोन १४ प्लसलगायत नयाँ भर्सनहरू सार्वजनिक गरेको छ । बुधबार ६ दशमलव १ इन्चको स्क्रिन भएको आइफोन १४ र ठूलो ६ दशमलव ७ इन्चको स्क्रिनसहितको आइफोन १४ प्लस सार्वजनिक गरेको हो । 

आइफोन १४ प्लस चार रंगहरूमा आउनेछ । यसमा अगाडि एउटा ट्रु डेप्थ क्यामेरा छ भने डाइनामिक आइल्याण्डको नयाँ सुविधा समावेश गरेको छ । यो सुविधा आइफोनको अगाडिको स्क्रिनको शीर्षमा एउटा विजेट जस्तै हुनेछ, जहाँ फोनमा अरु नै काम गरिरहेको बेलामा पनि संक्षिप्त अलर्टहरू हेर्न सकिनेछ ।


आइफोन १४ को मूल्य ७९९ डलरबाट सुरु हुनेछ । ठूलो आईफोन १४ प्लस मोडेलको मूल्य ८९९ डलरबाट सुरु हुनेछ ।

नयाँ आइफोन १४ मा गत वर्षको १३ प्रो मोडेलमा जस्तै ए १५ चिप प्रयोग गरिएको छ । यो ठूलो पिक्सेल, छिटो एपर्चर र सुधारिएको सेन्सरको साथ १२ एमपी मुख्य क्यामेराको साथ आउनेछ । नयाँ आइफोनहरूमा लामो समय ब्याट्री टिक्ने एप्पलले जनाएको छ ।


Author

थप समाचार
x