सूचना-प्रवधि

पैसा नतिर्ने भेरिफाइड ट्‌वीटर एकाउन्टको ब्लू टिक हट्‌यो

इकागज |
बैशाख ८, २०८० शुक्रबार ८:१ बजे

काठमाडौँ- बिहीबार मध्यरातिदेखि लागू हुने गरी ट्‌वीटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ ।

कम्पनीका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्‌वीटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लू टिक बिहीबार मध्यरातीबाट हटेको हो । जसका कारण हजारौं नेपाली प्रयोगकर्ताको पनि ट्‌वीटर एकाउन्टबाट ब्लू टिक हटेको छ ।


मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हटने जनाएका थिए, उनले ब्लू टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् । उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नु पर्ने यसअघि नै बताएका थिए ।

ट्‌वीटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरूको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शूल्क लिने गरिएको थिएन । तर, मस्कले ट्‌वीटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रम भेरिफाइड एकाउन्टबाट ब्लू टिक हटाई दिएर शुल्क तिर्न दबाब बढाएको हो ।

नेपालमा पनि निःशुल्क रुपमा ब्लू टिक पाउने हजारौं थिए, तर बिहीबार रातीबाट पनि सबैजसोको हटेको छ ।

नेपालमा ब्लू टिक लिनका लागि अब वार्षिक ८४ डलर तिर्नु पर्नेछ ।


Author

थप समाचार
x