सूचना-प्रवधि

टिकटक: चीनमा बन्यो, चीनमै चलाउन पाइँदैन, भारतदेखि इरानसम्म प्रतिबन्ध

कुन–कुन देशमा चलाउन पाइँदैन ?

इकागज |
चैत १, २०७८ मंगलबार ८:६ बजे

काठमाडौँ - चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय विश्वमा धेरै हेरिने एपमध्ये एक नम्बरमा रहेको छ । टिकटक चलाउन थालेपछि यसमा प्रयोगकर्ताहरूले समय गएको पत्तो नै नपाउने गरी प्रयोगकर्तामैत्री रहेकाले पनि यो एप दिन प्रतिदिन सफलतातर्फ लम्किरहेको छ ।

म्युजिकल्ली हुँदै टिकटकसम्म यात्रा गरेको यो एप छोटो समयमै विश्वभर निकै लोकप्रिय एप हो । कमाइको हिसाबले पनि टिकटक निकै अगाडि छ । फेब्रवरी महिनामा मात्रै बाइट डान्सले टिकटक र डुयनमार्फत २ सय ५८ मिलियन डलर ९ अर्थात झन्डै ३० अर्ब माथि कमाइ गरेको एक रिपोर्ट सार्वजनिक भएको छ । 


यसरी हरेको दिन टिकटकले आफ्नो एपमा नयाँ नयाँ विशेषताहरू थप्दै प्रयोगकर्तालाई आकर्षित गर्दै गइरेहेको देखिन्छ । हाल अन्य सोसल मिडियाहरू फेसबुक, ट्वीटर लगायतले टिकटकसँग प्रतिस्पर्धा गर्न यस्तै प्रकारका विशेषता दिन थालेका छन् ।

फेसबुकको मातृ कम्पनी मेटाले इन्स्टाग्राम तथा फेसबुकमा समेत टिकटक जस्तै रिल्स सेवा दिएर यसमै इन्गेज गराउन लागिपरेका छन् । त्यस्तै युट्युबले पनि टिकटकमा आफ्ना प्रयोगकर्ता नजाउन भनेर यसमै युट्युब सट्र्स भन्ने फिचर दिइरहेको छ । यसरी एक एपमा अभ्यस्त भैसकेका प्रयोगकर्तालाई पुन त्यसबाट छुटकारा गराउन निकै कठिन हुने गरेको पाइन्छ ।

टिकटक पनि आफ्ना प्रयोगकर्ता कसरी हुन्छ धेरै समय कसरी टिकाउन सकिन्छ भनेर स्थानीय प्रयोगकर्तालाई लक्षित गर्दै त्यहाँको चाडपर्वलाई समेत समेट्न थालेका छ । यसले गर्दा विश्वमै यसको प्रयोगकर्ता बढ्दै गइरहेका छन् ।

नेपालमा पनि यसको प्रयोग दिन प्रतिदिन बढ्दै गैरेहको पाइन्छ । टिकटक एपमा घण्टौँ बसेर यसबाट लाखौँ कमाई गरेको भनेर समेत मिडियामा आउने गरेका छन् । 
टिकटकमा लाइभ बस्ने र यसैको कमाइमा नै जीवन बिताउनेहरू पनि नेपालमा धेरै देखिन थालेका छन् ।  

यसमा केही नाम चलेका सेलिब्रेटीहरू समेत छिनछिनमा देखिने गरेका छन् । केही समयअघि टिकटकबाट गिफ्ट मागेको भनेर अत्यन्तै आलोचना भएपछि भने केही यसबाट टाडा भएका छन् । नेपालमा टिकटक अत्याधिक प्रयोग बढ्दै जाँदा इन्टरनेट ४० प्रतिशत व्याडविथ यसमै खपत हुने गरेको प्रविधिविज्ञ बताउँछन् । 

यसरी टिकटक विश्वचर्चित भैरहँदा कतिपय देशमा भने यो एपले  प्रतिबन्धसमेत खेप्न परेको छ । नेपालमा समेत बेला बेला यो एपलाई प्रतिबन्धित गर्नुपर्ने आवाज उठिरहेको पाइन्छ । 

कहाँ कहाँ छ टिकटक प्रतिबन्धित 
टिकटक जति चर्तित र लोकप्रिय छ त्यतिनै यसमा सुरक्षा चुनौती रहेको भन्दै विभिन्न देशहरूले प्रतिबन्ध समेत गरेका छन् । टिकटकमार्फत यसले प्रयोगकर्ताको निजी व्यक्तिगत जानकारी संकलन गर्ने र यसले देशलाई खतरा हुने भन्दै केही देशले यसमा प्रतिबन्ध लगाएका छन् । जसमा हाम्रा छिमेकी भारत, पाकिस्तान बङलादेश समेत छन् ।

भारतले केही समयअघि टिकटकसहित २ सयभन्दा बढी चिनियाँ एप्सहरू भारतमा प्रतिबन्ध गरेको थियो । त्यस्तै पाकिस्तानले पनि यसले आफ्नो विरुद्ध गएको भन्दै यसलाई प्रतिबन्धित गरेको थियो ।

पाकिस्तानले अक्टोबर २०२० मा टिकटकमा प्रतिबन्धको आदेश दिएको थियो, जुन पछि बाइटडान्सले आपत्तिजनक टिकटक सामग्री हटाउने बताएपछि उल्टाइएको थियो । पछि मार्च २०२१ मा, पाकिस्तान दूरसञ्चार प्राधिकरणका नियामकहरूले बाइटडान्सले उनीहरूले आपत्तिजनक सामग्री हटाउने नदेखेपछि फेरि प्रतिबन्ध गरेको थियो ।

इरानमा पनि टिकटक प्रतिबन्ध रहेको छ । अमेरिकामा पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पनि टिकटक प्रतिबन्ध गरेका थिए तर उनको बर्हिगमन पश्चात आएका जो बाइडेनले प्रतिबन्ध फुकुवा गरेका थिए । चिनियाँ सरकारले अमेरिकीहरूको जासुसी गर्न एप प्रयोग गरिरहेको आरोप लगाएर ट्रम्पले प्रतिबन्ध गरेका थिए । 

चीनमा समेत टिकटक चल्दैन । बाइट डान्सले चिनियाँ भूभागमा अन्य देशको कन्टेन्ट हेर्न मिल्ने भएपछि यसको विकल्पमा डुयन नामक चिनियाँ संस्करण एप सञ्चालन गरेको छ । डुयन टिकटक जस्तै एप हो जसमा टिकटकका जस्तै विशेषताहरू रहेका छन् । यो एप चिनियाँ कन्टेन्टमा मात्र हेर्न मिल्ने गरेको छ । 

इन्डोनेसियाले जुलाई २०१८ मा टिकटक लाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको थियो । टिकटक त्यहाँको समाजलाई अपाच्य सामाग्री देखाएको भन्दै प्रतिबन्ध गरेको थियो ।


Author

थप समाचार
x