सशस्त्रका दुई एआईजीको पदावधि १ वर्ष थपियो
काठमाडौँ : सशस्त्र प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी) को पदावधि १ वर्ष थप गरिएको छ । १३ गते बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको सेवा पदावधि थप्ने निर्णय गरेको हो ।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सशस्त्रका एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेलको सेवा अवधि ३० वर्ष ननाघ्ने गरी पदावधि थपिएको जानकारी दिए । निर्णय अनुसार दुबैको सेवा पदावधि २०७७/०१/२१ देखि २०७९/०१/१८ गतेसम्म थप गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया