डिफेन्स

नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने पक्राउ

इकागज |
कात्तिक १५, २०८० बुधबार २१:२१ बजे

फाइल फोटो

काठमाडौँ - सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय डिल्लीराम खनाल रहेका छन् ।

सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन गरेकाले कारबाहीका लागि नेपाली सेनाले पत्राचार गरेपछि साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्ने क्रममा खनालको संलग्नता रहेको खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
    
 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x