डिफेन्स

हिमालयन रोडिजबाट उदय भएका सिपाही हरिचन्द्र ‘गिनिज बुक रेकर्ड’को तयारीमा

इकागज |
फागुन ३, २०८० बिहीबार १६:११ बजे

फाइल तस्बिर

काठमाडौँ-  हरिचन्द्र गिरी नेपाली सेनामा छन् । उनी देशको मात्र सेवा गर्दैनन् । हतियारमा मात्र उनी सजिएका छैनन् । उनले आफ्नो परिचय नेपाली सेना भनेर मात्र बनाएनन् ।

गिरी गुड्ने टायरमाथि स्किपिङ खेलेर विश्व रेकर्ड कायम गर्ने तयारीमा रहेका छन् । टायरमाथि एक मिनेटमा १२२ पटक ‘स्किपिङ’ खेलेर विश्व कीर्तिमान राख्ने तयारी गरेका छन् ।


यसअघि विभिन्न क्षेत्रमा चार वटा विश्व कीर्तिमान राखेका उनले गिनिज बुकमा नाम पनि लेखाइसकेका छन् । आफ्नो जीवनमा सिकेका अतिरिक्त क्रियाकलाप पनि लागू गर्छन् ।

गिरीलाई हिमालयन रोडिसको सिजन ४ मा समेत सहभागी जनाइसकेका छन् । उनलाई नेपाली सेनाका महासेनानी अच्युतम भण्डारीले सेनाको खेलकुद केन्द्रमा ल्याएका हुन् । उनको प्रतिभालाई निखार्न एउटा जिम्मेवार संगठनले खेल्नुपर्ने भूमिकालाई पूरा गरेका थिए ।

गौरवमय इतिहास भएको नेपाली सेनाका संगठनका कर्मठ सिपाही हुन् । असल एवं असाधारण शक्ति र सन्तुलन रहेका गिरीले संगठन कार्यरत रहेकै अवस्थामा पनि मुलुकलाई विश्वमाझ चिनाउन लागिरहेका छन् । 

उनले यसअघि हातले टेकेर भर्‍याङको ५० खुड्किला १२.६५ सेकेण्डमा पूरा गरेका थिए । सोही अभियानबाट विश्व रेकर्डको सुरुवात गरेका थिए । त्यसअघि स्विजरल्याण्डका केभिन डेलकोको नाममा रहेको रेकर्डलाई गिरीले आफ्नो नाममा कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डको यात्रा सुरु गरेका थिए ।

एउटा रेकर्ड कायम गरेपछि मुलुकप्रतिको कर्तव्यका साथै आफ्नो लगनशीलताको उदाहरणस्वरूप त्यतिमै रोकिनु हुँदैन भन्ने सोच भएका गिरीले सन २०२२ मे ४ मा  आफ्नो नाममा थप रेकर्ड बनाए ।

उनले आफ्नो खुट्टाको बीचमा फुटबल राखेर हातले टेकेर सबैभन्दा छिटो ५० मिटर हिँड्ने नयाँ कीर्तिमान पनि बनाइसकेका छन् । यसलाई स्वीफ्ट २५.५८ सेकेन्डमा पूरा गर्दै, झाङ शुआङको २६.०९ सेकेन्डको कीर्तिमानलाई थोरैले पछि पारे ।

हरिले आफ्नो खुट्टा बीचको फुटबलको साथ हातमा सबैभन्दा छिटो १० मिटर हिँड्ने नयाँ कीर्तिमान पनि बनाए ।  ४.४९ सेकेन्डमा उनले पूरा गरेका थिए ।

उनको जीवनमा रेकर्ड कायम रोकिएको छैन । तीन वटा रेकर्ड गरेपछि अर्को रेकर्डको पर्खाइमा उनी छन् । गिरीले २५.०३ सेकेन्डमा हातमा ७५ वटा खुड्किलाहरू पार गरिसकेका छन् । सबैभन्दा छिटो एथलेटिक बन्दै चौथो विश्व रेकर्ड कायम गरेका थिए ।

 एक पछि अर्को रेकर्डको भोका रहेका हरि आगामी दिनमा संगठनभित्र र बाहिरका आम युवाका लागि प्रेरणाका स्रोत बन्ने लयमा देखिएका छन् । हरिचन्द्र दृढ सपना,विश्वास र मेहनतसाथ अगाडि बढिरहेका छन् ।

 

 


Author

थप समाचार
x