डिफेन्स

प्रधानसेनापति शर्मा आज सेनाकै विमानमा भारत भ्रमणमा जाँदै

इकागज |
कात्तिक २३, २०७८ मंगलबार ७:२५ बजे

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्मा आज(मंगलबार) छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदैछन् । उनलाई जंगी अड्डामा साेमबार नै औपचारिक रूपमा भारत भ्रमणको बिदाई गरिएको छ । उक्त बिदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राको उपस्थिति थियो । 

भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भारत भ्रमणमा जान लागेका हुन । उनी नेपाली सेनाको विशेष विमानमा भारत जाने भएका हुन् । इन्डोनेसियामा निर्मित कासा विमानमा मंगलबार बिहान पत्‍नी सुनिता शर्मा सहित नौ सदस्यीय सैन्य टोलीका साथ भारत जानेछन् । 


उनको भ्रमण भार उक्त विमान भारतमा नै रहने र त्यहाँबाट उनलाई कात्तिक २६ मा लिएर फर्कने छ । यसअघिका प्रधानसेनापतिले भारत भ्रमणमा हेलिकप्टर प्रयोग गरेका थिए । तर प्रधानसेनापति शर्माले कासा प्लेनलाई नै उपयोग गर्दै आफ्नो गर्विलो उपस्थिति नयाँ दिल्लीमा देखाउनेछन् । उनले कात्तिक २३ देखि कात्तिक २६ सम्म भारत भ्रमणको क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दाबाट भारतीय सेनाको मानार्थ महारथि दर्जा लिनेछन् । 

नेपाल र भारतबीच एक अर्का सेनापतिहरुले मानार्थ दर्जा लिने चलन छ । शर्माले बुधबार उक्त मानार्थ महारथीको दर्जा लिने सेनाले जानकारी दिएको छ । उनले त्यहाँका अन्य सैन्य प्रमुख, राजनीतिक नेतृत्व लगायतलाई भेट्ने कार्यक्रम पनि छ । कतिपय राजनीतिक भेटघाट तय हुन बाँकी भए पनि कैयन भेटघाट तय भइसकेका छन् । यसपटक नयाँ दिल्ली बाहिर भने भ्रमणको कुनै कार्यक्रम छैन् । 

प्रधानसेनापतिको भ्रमणले नेपाल र भारतको सम्वन्धलाई उचाईमा लैजाने मात्र होइन दुईपक्षीय समस्या समाधानमा पनि कुराकानी हुनेछ । नेपालमा भारतले नाकाबन्दी गर्दा पनि नेपाली सेनाले ननै भूमिका निर्वाह गरेको थियो त्यो नाकाबन्दी खोल्न ।

नेपाली सेनप्रति भारतीयसेनाको विशेष सम्मान रहने हुनाले पनि सेना-सेना बीचको सहकार्य महत्व पूर्ण रहेको राजनीतिक नेतृत्वले नै बताउँदै आएका छन् । उनले भारत जानुअघि रक्षामन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिलगायतसँग  शिष्टाचार भेट गरेर सैन्य साचोका विषय र अन्य राजनीति छलफलको विषय तय गरेका हुन् । 


Author

थप समाचार
x