डिफेन्स

सेवा निबृत्तपछि पनि नेपालमै केही गर्नु : प्रधानसेनापति

सेनाभित्रको समस्या र सुधारबारे छलफल

इकागज |
पुस ८, २०७७ बुधबार २०:१३ बजे

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको संगठनले अवलम्बन गर्ने नीति-नियम तथा कार्ययोजनाहरूको वास्तविक कार्यान्वयन तल्लो तहमा झल्कने बताएका छन् । ‘कुनै पनि ठूला योजनाको कार्यावन्यन तह भनेकै ‘फिल्ड’ तहमानै देखन्छ,’ उनले भने, ‘हाम्रो पनि फिल्ड तहमा रहेका पदिक तथा अन्यदर्जाहरूको व्यावसायिक क्षमताको स्तरले सेनाको व्यावसायिकता मापन हुने हो ।’

जंगी अड्डामा सञ्‍चालन भएको दुईदिने ‘केन्द्रिय तहको प्रमुख सुवेदार र जेष्ठ सुवेदार समन्वयात्मक बैठक-२०७७’ को मुल सन्देश नै ‘हामी प्रमुख सुवेदार र जेष्ठ सुवेदार : पध्दती र प्रणालीको सुदृढीकरण र दीगोपनाको मजबुत आधार’ भन्‍ने रहेका थियो । सम्मेलनको समापन गर्दै प्रधानसेनापति थापाले नेपाली सेनाको मजबुत आधार स्तम्भ भनेकै प्रमुख सुवेदार र जेष्ठ सुवेदार हुने हुँदा स्थापित हुँदै गएका पद्दति र प्रणालीलाई थप सुदृढ, परिपक्‍व र दिगो वनाउने कार्यमा उनीहरूकै भूमिका बढि रहने बताए ।


उनले सेवा निवृत्तिपछि पनि विदेशिने भावना र प्रवृत्तिलाई अन्त्य गर्दै नेपालमा नै परिवारको साथमा रही आफ्नो शिप र जाँगरको सदुपयोग गर्न समेत आग्रह गरे । हुनपनि नेपाली सेनाको कल्याणकारी कोषबाट त्यस्तका कार्यको लागि केही सहुलियतमा ऋण दिने व्यवस्था समेत छ । नेपाली सेनामा अहिलेसम्म प्राप्त उपलव्धीहरुलाई आ-आफ्नो अनुभव र वस्तुगत आधारमा कसरी सुदृढ गर्ने भन्ने विषयमा सकलदर्जाको समष्टिगत विकास योजना जुनियर अधिकृतहरूबाट सकारात्मक योगदानको अपेक्षाबारे पनि उनले धारणा राखेका थिए ।

सबै युनिटहरूमा ‘सुदृढिकरण तथा दिगोपना’ को यस वर्षमा युद्धकार्य तयारीपन, अनुशासन, कल्याणकारी पक्ष, सकलदर्जाको मनोबल लगायतका समग्र क्षेत्रहरूमा नतिजामुखी उपलब्धी हासिल गर्नका लागि थप उर्जा तथा उत्साह बृध्दि हुने विश्‍वास पनि उनले व्यक्त गरे । कमाण्ड मार्गनिर्देशन २०७५ ले निर्दिष्ट गरेका लक्ष्यहरू मध्ये पदिक र अन्यदर्जाहरूको जनशक्ति व्यवस्थापन, नेतृत्व विकास लगायत शान्ति सेना छनौट, निबृत्तिभरण, राशन गुणस्तर अभिवृध्दि लगायत कल्याणकारी तर्फका शिक्षा, स्वास्थ्य, सेवा तथा सहुलियत तर्फ उल्लेख्य सुधारहरू भएको उनले बताए ।

दुई दिने कार्यक्रमको थालनीमा बलाधिकृत रथी प्रभुराम शर्माले गौरवमय इतिहास र मौलिक परम्परा बोकेको नेपाली सेनाको इतिहासलाई शताब्दीऔंसम्म जिवन्त राख्‍ने, अधिकृत, पदिक तथा अन्यदर्जाहरूको बीचमा साँघुको जिम्मेवारीमा प्रमुख र जेष्ठ सुवेदारको भूमिका रहने बताए ।

आफ्नो फौज, आफ्नो युनिट तथा समग्र संस्थाकै सर्वोपरि हितका लागि सृजनात्मक भई कार्य सम्पादन गर्न उनले निर्देशन समेत दिएका थिए । समन्वयात्मक बैठकमा प्रमुख सुवेदार र सिनियर सुवेदारहरूले संगठन भित्रका समस्या र चुनौती, कार्य समिक्षा, वर्तमान वस्तुस्थिती लगायतका विषयहरूमा छलफल गरी राय सुझाव प्रस्तुत गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा माथिल्लो ओहोदा र तल्लो ओहादा जोड्ने पुलको रुपमा रहने ८० भन्दा बढि प्रमुख र जेष्ठ सुवेदार सहभागि थिए । बैठकको समापन कार्यक्रममा नेपाली सेनाका रथी, अधिकृत, पदिक तथा अन्यदर्जाको समेत उपस्थिती थियो । 


Author

थप समाचार
x