डिफेन्स

प्रधान सेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

इकागज |
चैत २, २०७७ सोमबार १८:१० बजे

काठमाडौँ : प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि पाकिस्तानका नविनयुक्त राजदूत सयद हैदर शाहबीच सोमबार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्‍ने विश्वास सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ ।    



Author

थप समाचार
x