सेयर

सेयर बजार २ अंकले घट्दा, ७७ करोडको कारोबार

इकागज |
मंसिर २७, २०७९ मंगलबार १५:१९ बजे

फाइल तस्वीर

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेश्रो कारोबारमा पुन : गिरावट आएको छ । मंगलबार बजार २.५७ अंकले घटेको छ । साताको पहिलो दिन ३२ अंकले घटेको बजार दोश्रो कारोबारमा १७ अंकले बढ्दा तेश्रो कारोबारमा पुन : २ अंकले घटेको हो ।

मंगलबार बजार २.५७ अंकले घटेर १८९९.७० मा झरेको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.४४ प्रतिशतले घटेर ३७१.३० मा झरेको छ ।


समूहगत उपसूचकतर्फ हाइड्रोपावर ०.८८, माइक्रो फाइनान्स ०.१५, म्युचुअल फण्ड तथा नन लाइफ इन्स्योरेन्स ०.३५ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ।

बजार घट्दा कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ७७ करोड ७० लाख ८९ हजार १६५ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस्तै २० लाख ५८ हजार ५१० रुपैयाँ बराबरको १६ हजार ३२० पटकमा खरिद बिक्री भएको थियो।

कारोबार भएका २४८ कम्पनीमा ९० कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको सेयर मूल्य घटेको छ । सिवाईसी नेपाल लघुवित्त सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। साञ्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेस्ड फण्ड अपर तामाकोसी हाइड्रोपावर लगायतका कम्पनीको सेयर उच्च कमाउनेमा परको छ।  


Author

थप समाचार
x