सेयर

सेयर बजार राताम्मे, १६.४० अंकले घट्यो

इकागज |
फागुन २, २०७९ मंगलबार १५:३९ बजे

काठमाडौं- सेयर बजार मंगलबार राताम्मे भएकाे छ । मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५ विन्दुमा पुगेको छ । यसअघि आइतबार सेयर बजार ६०.८८ अंकले घटेको थियाे । 

मंगलबार सबै समूहको सेयर घटेर बजार राताम्मे भएका छ । निर्माण र प्रशोधनमा भने झिनो प्रतिशतले वृद्धि भएको छ । 


यसैगरी, २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयरको कारोबार हुँदा एक अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ । सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ७ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको हो।

मंगलबार युनिलिभर नेपाल लिमिटेडको शेयर ६ प्रतिशतले, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीको ५ प्रतिशतले बढेको छ ।


Author

थप समाचार
x