समाज

फेला पर्‍यो लिफ्ट मागेका भारतीयले लुटेको कार

इकागज |
असार १३, २०७९ सोमबार १७:८ बजे

कैलाली । गोदावरी -४ भिमदत्त राजमार्गमा एक सरकारी कर्मचारी माथि लुटपाट गरेर फरार रहेको गाडी फेला परेको छ । गोदावरी नगरपालिका -१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडक खण्डमा बेवारिसे अवस्थामा सो कार फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार आफ्नो घर बेतकोटबाट डडेलधुराको आलिताल हिँडेका गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्र सिह भन्डारीलाई दिउँसो १ बजे तिर गोदावरीको गाईमारा मोड नजिकै लुटपाट सहित आक्रमण भएको थियो । भण्डारीकै गाडीमा लिफ्ट मागेका भारतीय नागरिकहरुले उनलाई बाँधेर मोबाइल, पर्स र नगद लुटपाट गर्दै उनकै गाडी लिएर फरार भएका थिए ।



Author

थप समाचार
x