समाज

संविधान दिवसमा भीमफेदी कारागारका २३ कैदीबन्दीलाई माफी

इकागज |
असोज ३, २०७९ सोमबार २१:११ बजे

फाइल फोटो

मकवानपुर - संविधान दिवसका अवसरमा मकवानपुरमा रहेको भीमफेदी कारागारका २३ कैदीबन्दीलाई आजदेखि लागू हुनेगरी माफी दिइएको छ । सो दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका २३ जना कैदीलाई माफी दिएको छिन् । 

कारागारमा ५० प्रतिशत र ४० प्रतिशत कैद भुक्तान गरी सकेका र असल आचरण भएका २३ जना कैदीबन्दीलाई माफी दिइएको भीमफेदी कारागारका शाखा अधिकृत मदन लामा थिङले बताए । 


तोकिएको कैद सजायमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका १६ जना र ४० प्रतिशत कैद भुक्तान गरिसकेका असल आचरण भएका नौ जना गरी २५ जनाको कारागारबाट सिफारिस भएकोमा २३ जना कैदी छुट्ने पत्र आएको उनले जानकारी दिए । 

त्यस्तै भीमफेदी कारागारका दुई जना कैदीबन्दीले आममाफी पाएका छन् । राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा असल आचरण भएका र कैद भुक्तान पूरा हुन् केही समय बाँकी रहेका दुई जनालाई आम माफी दिनु भएकाले आजदेखि लागू हुनेगरी आम माफी दिइएको सो कारागारले जनाएको छ । रासस


Author

थप समाचार
x