समाज

फोटो फिचर

काठमाडौँका सडकको दुरावस्था

इकागज |
असोज ८, २०७९ शनिबार १०:१८ बजे

काठमाडौं - देशको राजधानी काठमाडौँ र प्रमुख शहरका सडकहरूको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय छ। कतै खाल्डाखुल्टी त कतै हिलाम्मे र धुलाम्मे सडक। 


कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्टी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ । 

भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस पुगेको छ। 

हरेक दिन आम नागरिकहरुले दुःख भोगिरहेका छन् । कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ, कतै टायर, ढुंगा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्, त कतै ट्राफिक पुलिसका होर्डिङ बोर्डहरु छरपस्ट देख्न सकिन्छ । 

तस्बिर : न्युज एजेन्सी नेपाल

 


Author

थप समाचार
x