समाज

पोखराबाट आयो काठमाडौँमा ठूलो हावाहुरी

इकागज |
बैशाख ४, २०७८ शनिबार १७:५६ बजे

फाइल फोटो

काठमाडौँ : काठमाडौँमा ठूलो हावाहुरी आएको छ । कास्कीको पोखरा आसपास क्षेत्रमा विकसित भएको मौसमी प्रणालीका कारण काठमाडौँमा ठूलो हावाहुरी आएको मौसमविद विभूति पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार यो हावाहुरी झण्डै एक घण्टासम्म रहनेछ । यसअघि हिजो हावाहुरीसहितको चट्याङले तीन जनाको मृत्यु भएको थियो । हावाहुरी आएको बेला बाहिर निस्कदा रुख ढल्ने तथा भौतिक सामग्रीले चोट लाग्दा दुर्घटना हुने भएकाले सकेसम्मै घरभित्रै बस्‍न मौसमविद पोखरेलले आग्रह गरिन् ।


‘यो हावाहुरी एक घण्टासम्म पनि रहन सक्छ’ उनले भनिन्, ‘यसबेला सकेसम्म बाहिर ननिस्कन आग्रह गर्छौ । दुर्घटना हुन सक्छ । सतर्क भएर बस्न आवश्यक छ ।’

पश्चिमबाट आएको हावाहुरी काठमाडौँ हुँदै पूर्वतिर सर्दै जाने पनि उनले बताइन् । 


Author

थप समाचार
x