समाज

रौतहटमा एक युवतीको गोली हानी हत्या

माधुरी महतो |
कात्तिक २७, २०७७ बिहीबार १६:९ बजे

बीरगञ्ज : रौतहटमा एक युवतीको गोली हानी हत्या भएको छ । 
रौतहटको माधवनारायण नगरपालिका-७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहको बुधबार राति अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । 
हत्यामा संलग्नको खोजी भइरहेको तथा हत्या गर्नुको कारण र संलग्न व्यक्तिको अहिले सम्म पहिचान नभएको प्रहरीको भनाई छ । 
मृतक युवतीको पुर्व श्रीमानलाई भने सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । 
मृतक युवती अमृताकी आमा राति घरबाट शौच गर्न बाहिर निस्किएको समयमा हतियारधारी समूह घरमा पसेर कन्चटमा गोली प्रहार गरी भागेको थियो । गत फागुनमा सर्लाहीको मधुवनगोठका एक युवकसँग विवाह गरेकी उनको गत असारमा सम्बन्ध विच्छेद भएको थियो । त्यसयता उनी माईीमा नै बस्दै आएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । 
 



Author

थप समाचार
x