बिहेबाट घर फर्कँदै गरेका पुरुषको भिरबाट लडेर मृत्यु

फाइल तस्बिर
मकवानपुर - मकवानपुर को राक्सिराङ गाउँपालिका २ देउरालीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका २ को चनौटा निवासी अन्दाजी ५५ को माईला थिङ शनिबार दिउँसो ५ बजे भिरबाट खस्दा मृत्युु भएको प्रहरीले जनाएको छ ।
थिङ आफन्तको बिहेबाट घर फर्कँदै थिए । भिरबाट अन्दाजी १५० मिटर तल खसी मृत्यु भएको प्रहरी सहायक निरीक्षक सिताराम सुबेदीले जानकारी दिए ।
थप अनुसन्धान तथा मुचुल्काको लागि आज आइतबार मकवानपुर मनहरी इलाका प्रहरी घटना स्थल जाने छ । उक्त स्थान प्रहरी चौकी चैनपुर राक्सिराङबाट ३ घण्टा पैदल पूर्व उत्तर पर्छ ।
मकवानपुर जिल्लाको बिकट राक्सिराङ गाउँपालिकाको चैनपुर पुग्न हेटौंडाबाट सवारी साधनमा नै ४ घण्टा लाग्छ । त्यहाबाट ३ घण्टा हिडेपछि मात्रै घटनास्थल पुगिन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया