समाज

कस्तो रहला आजको मौसम ?

इकागज |
फागुन २१, २०७९ आइतबार ६:२४ बजे

काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो  देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


राती भने कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


Author

थप समाचार
x