समाज

धरान उपमहानगरले सर्दु जलाधार क्षेत्रमा रहेका घरहरू भत्काउने

इकागज |
जेठ १, २०८० सोमबार १४:५० बजे

काठमाडौँ- धरान उपमहानगरपालिकाले सर्दु जलाधार क्षेत्रमा रहेका घरहरू भत्काउने भएको छ । उपमहानगरपालिका ४, १३ र २० नम्बर वडामा भएका घरहरू भत्काइने नगर प्रमुख हर्कराज राईले जानकारी दिए ।

उपमहानगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ उपदफा २ (प) बुँदा १ र २ ले दिएको अधिकार प्रयोग गर्ने जनाएको छ । जलाधारको जग्गा संरक्षण गर्ने कर्तव्य उपमहानगरको भएको राईको भनाइ छ ।


‘नेपाल सरकारले तोकेको सर्दु जलाधार क्षेत्रमा अनधिकृत घरटहरा बनाएको गुनासो आएको छ, ‘नगर प्रमुख राईले सोमबार सूचना जारी गरेर भनेका छन्, 'घरटहरा बनाएको जनगुनासो आइरहेको छ । भौतिक संरचना नबनाउनु र बनाएको भए त्यस्ता संरचनाहरू भत्काउन हुन अनुरोध छ ।‘

अन्यथा अटेर गरेमा उपमहानगरले आफैँ भत्काउने राईले उल्लेख गरेका छन् । ‘भत्काउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्तिहरूबाट असुलिन्छ,’ उनले भनेका छन् ।


Author

थप समाचार
x