समाज

मकवानपुरमा बालश्रम र बालविवाह बढ्दो

इकागज |
जेठ ४, २०८० बिहीबार ८:१२ बजे

मकवानपुर - मकवानपुर जिल्ला बालबालिका बालश्रम तथा बाल विवाहबाट प्रभावित हुने दर बढ्दो रहेको पाइएको छ ।

जिल्लाको को ३ वटा स्थानीय तहमा मात्रै सन् २०२३ मा ७१ जना बालबालिकाहरु बालश्रम तथा बाल विवाहबाट प्रभावित भएको तथ्यांक सार्वजनिक भएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये अन्य ७ वटा स्थानीय तहले यसबारे तथ्यांक संकलन गरेको पाइएको छैन ।


जिल्लाको मनहरी, कैलाश र राक्सीराङ् गाउँपालिका बिच बालश्रम न्युनिकरणलगायत बालबालिकाको सवालमा  यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

सिविन बालहेल्पलाइन १०९८ को तथ्यांक अनुसार मनहरी गाउँपालिकामा बालविवाह, बालश्रम लगायतका घटनाहरु सन २०२२ मा बालक २९ जना  र बालिका २१ जना गरि जम्मा ५० जना रहेको बताइएको छ । यसैगरी कैलाश गाउँपालिकामा १० बालिका सहित १७ जना, राक्सीराङ गाउँपालिकामा बालक ३ जना र १ जा बालिका गरी ४ जना बालबालिकाहरु बालश्रम तथा बाल विवाहबाट प्रभावित रहेको पाइएको हो ।

त्यसरी बालहेल्पलाइनको रेकर्डअनुसार सन् २०२३ को जनवरीदेखि हालसम्म मनहरीमा बालक ९ जना र बालिका ७ जना गरि जम्मा १६ जना, कैलाश गाउँपालिकामा बालक ३ जना र बालिका २ जना गरि जम्मा ५ जना, राक्सीराङ् गाउँपालिका बालक ३ जना र बालिका २ जना गरि जम्मा ५ जना रहेको बताइएको छ । ५ महिनाको बिचमा नै प्रभावित हुने बालबालिकाको संङ्ख्या २६ जना रहनु उल्लेख्य भएको सरोकारवालाहरुको भनाइ छ ।
यसैबीच बालबालिको समस्याको समाधान गर्न मकवानपुरका तीन वटा स्थानीय तहहरुबिच समन्वय बैठक बसेको छ ।

तीन वटा गाउँपालिकाका जनप्रतिनिधी, बालअधिकार समितिका पदाधिकारी, विभिन्न शाखाका प्रमुख, बालसमुहका सदस्य  गरि २७ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमा बाल बालिका सम्बन्धि ऐन २०७५ भएका प्रावधान, बालअधिकार समितिको गठन प्रकृया, क्रियाशिलता, बाल कल्याण अधिकारको नियुक्ति, बालश्रम, बालविवाह,बालबालिकाको ओसार पसार, लागुपदार्थको प्रयोग एवं ओसारपसार, बालसमुह गठन तथा क्रियाशिलता र प्रशिक्षणलगायतका विषयमा बालहेल्पलाइन १०९८ का प्रबन्धक झबिन्द्र ज्ञवालीको सहजीकरणमा छलफल गरिएको हो ।

कार्यक्रममा कैलाश गाउँपालिका, राक्सीराङ् गाउँपालिका र मनहरी गाउँपालिकाका बालबालिका एक अर्का गाउँपालिकामा बालश्रम गर्ने, बालविवाह गर्ने तथा अन्य समस्याहरु अन्तर सम्बन्धित भइ आउने घटनाको विवरणहरु बालहेल्पलाइनबाट प्रस्तुत गरिएको थियो ।

गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले बालिकाहरुको समस्या समाधान गर्न पालिकाहरु बिच समन्वय सहकार्य गर्नुपर्ने र आगामी दिनमा गाउँपालिकाले कार्यक्रम निति तथा बजेटको लागि सुझाव दिन अनुरोध गर्दे आगामी दिनमा यस्ता समन्वयतात्मक बैठकको आयोजन गर्ने प्रतिवद्धता व्यक्त गरिन् । त्यसैगरि राक्सीराङ् गाउँपालिक वार्ड न ८ का वार्ड अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक यसु प्रजाले राक्सीराङ् गाउँपालिकामा बालश्रम, बालविवाह लगायतका समस्याहरु रहेको र गाउँपालिकामा यस विषयमा ब्यापक छलफल गरि समधान तर्फ जान गाउँपालिका प्रतिवद्ध रहेको बताए ।

त्यसै गरि कैलाश गाउँपालिका बालमैत्री सम्पर्क ब्यक्ति हस्त नेगीले कैलाश गाउँपालिका बालमैत्री अभियानमा अगाडि बढेको तर बालविवाहको समस्या सबैभन्दा बढि चुनौतिपूर्ण रहेको बताए । सिविन नेपालको आयोजना तथा मनहरी गाउँपालकाको समन्वयमा भएको मनहरी गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारीले बताइन् ।
 


Author

थप समाचार
x