समाज

एनआरएन अष्‍ट्रेलियाको अध्यक्षमा उम्मेदवारी दिने ३६ वर्षीय अनिल को हुन् ?

इकागज |
साउन ३, २०८० बुधबार १६:२७ बजे

काठमाडौँ- अष्ट्रेलियाको एनआरएन (गैर आवासीय नेपाली संघ) को अध्यक्षमा अनिल पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन् । आगामी जुलाई २९ (साउन १३) मा हुने निर्वाचनमा   उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि पोख्रेल एनआरएन अष्ट्रेलियाको कोषाध्यक्ष थिए ।

एक दशकअघि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका पोख्रेल सामाजिक कार्यमा सुरुदेखि सक्रिय थिए । पहिलोपटक उनको एनआरएन यात्रा अष्ट्रेलिया राज्य समन्वय परिषद सदस्यबाट गरेका थिए ।


उनी करिब एक दशकदेखि गैर आवासीय नेपाली संघको यात्रामा छन् । एनआरएनको नेतृत्त्वमा पुगेपछि दिगो विकास र संस्थालाई एकजुट भएर लैजाने पोख्रेलले बताए । एनआरएनमा आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक काममा योगदान पुर्‍याएको उनको भनाइ छ ।

उनका अनुसार एनआरएनलाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, स्रोतमा पहुँच  र विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार हुन्छ ।

चितवनदेखि अष्ट्रेलियासम्मको यात्रा

यसअघि पनि आफू संस्थामा रहँदा सबै संघसंस्था र सबै तहका सरकारी निकायसँग सहकार्य गरेको उनको भनाइ छ ।

चितवन खैरेनी ४ का पोख्रेल आफूलाई सामाजिक व्यक्तित्त्वको रुपमा आफूलाई चिनाउँछन् । ‘संस्थामा  लागेपछि दिगो रुपमा स्वयसेवाको काम हुन्छ । विश्वव्यापी रुपमा एनआरएन भएका ठाउँमा स्वयंसेवीको अवधारणा लागू गरिन्छ,’ उनले भने । समाजसेवा यस्तो कार्य हो जसले मानिसको अन्तरमनलाई अलौकिक आनन्द दिन्छ । एउटा यस्तो आनन्द जसले मानिसलाई अनवरत रुपमा समाजमा योगदान गर्न प्रेरित गर्छ ।‘

पोख्रेलसँग आफ्नो व्यापारीक क्षेत्रहमा १२ वर्ष भन्दा बढीको अनुभव छ । उनको व्यापार साझेदारी, व्यावसायिक वित्त, परियोजना लेखा, व्यवस्थापन र वित्तीय लेखाको क्षेत्रमा अनुभव हासिल गरेका छन् । उनी डाउनरमा वित्त प्रबन्धकका रूपमा कार्यरत छन् ।

पोख्रेल टेफ एनएसडब्लुमा मा आंशिक शिक्षक र सिपिए अस्ट्रेलिया नेपाली छलफल समूहका संयोजक पनि छन् । अस्ट्रेलिया नेपाली चर्चा समूहका संयोजक , चितवन समाज अस्ट्रेलियाका संस्थापक महासचिव, नेपाली अस्ट्रेलियन युवा संघ (नयाँ) को संस्थापक सदस्य  ब्ल्याकटाउन नेपाली समुदायको पूर्व प्रवक्ता र कार्यदल सदस्य भइसकेका छन् ।

महिला सशक्तिकरण पहिलो प्राथमिकता

अध्यक्षको दौडमा रहेका पोख्रेलले मुख्य एजेन्डामा विद्यार्थीहरूलाई सहयोग र प्रवर्द्धन गरी दोस्रो पुस्तालाई सशक्त बनाउने राखेका छन् । सरकारी सम्बन्ध सुदृढ गर्ने दिगो र प्रभावकारी बनाउने उनको भनाइ छ ।

महिला सशक्तिकरण एनआरएनएको डायस्पोरा संलग्नतालाई प्रभावकारी बनाइने उनले धारणा राखे । उनी भन्छन्,’ राष्ट्रिय विकासमा डायस्पोरालाई सरोकारवालाको रूपमा मान्यता दिने र समावेश गर्ने।  संवाद र सहयोगको लागि प्लेटफर्महरू स्थापना गर्दै  डायस्पोरा र एनआरएनए बीच विश्वास र आपसी समझदारी निर्माण गरिन्छ । ‘

स्वदेशको फाइदाका लागि डायस्पोराको विशेषज्ञता र स्रोतहरू प्रयोग गर्ने उनले बताए । डायस्पोरामा लगानी र उद्यमशीलताको सुविधा ल्याइने पोख्रेलले सुनाए । - डायस्पोरा परोपकारी र सामाजिक गतिविधिलाई समर्थन गरी डायस्पोरा समुदायहरूको अधिकार र हितहरूको लागि वकालत गर्ने उनको भनाइ छ । 

उनका अनुसार सरकारी सम्बन्ध सुदृढ गर्ने , सरकारी कोषमा र स्रोतहरू पहुँच पुर्‍याउने । राष्ट्रिय र स्थानीय सरकारी अधिकारीहरूसँग सम्बन्ध निर्माण गर्ने । डायस्पोराको योगदानहरूको प्रभाव देखाइने । सरकारको समर्थन र वकालतको लागि कूटनीतिक च्यानलहरू प्रयोग हुन्छ । दीर्घकालीन दिगोपनको लागि सामाजिक साझेदारीलाई बढावा दिँदै एनआरएनको को निरन्तर सुधार गरिन्छ । निर्णय प्रक्रियामा पारदर्शिता प्रवर्द्धन हुन्छ । एनआरएनको त्रैमासिक गतिविधि रिपोर्ट सार्वजनिक हुन्छ । नियमित प्रकाशन - सशुल्क सचिवालय र सुधारिएको परिचालन मोडेल मार्फत अभिलेख राख्ने अभ्यास हुन्छ ।

सांस्कृतिक संरक्षण गर्न दोस्रो पुस्तालाई सशक्त बनाइने

‘दोस्रो पुस्तालाई सशक्त बनाउने पहिचान र भावनाको सम्बन्ध विकास गरिन्छ,’ ३६ वर्षीय पोख्रेल भन्छन्,’ सांस्कृतिक संरक्षणको प्रवर्द्धनले दोस्रो पुस्तालाई नेपाली डायस्पोरा समुदाय भित्र पहिचान र सम्बन्धको बलियो भावना विकास गर्न मद्दत गर्नेछ ।‘

 नेपालको अनुपम सांस्कृतिक सम्पदा भावी पुस्तामा हस्तान्तरण गर्ने, नेपाली रितिरिवाजहरूप्रति गर्व र कदर गर्ने कुरालाई सुनिश्चित गरिने उनले बताए । नेपाली भाषा सिक्न दोस्रो पुस्तालाई सक्षम बनाइने उनले प्रस्ट पारे ।

नेपाली समुदायमा जेनेरेशन ग्याप भएकाले त्यसलाई जोड्न अहम् भूमिका खेल्ने उनी बताउँछन् । सांस्कृतिक सम्पदाको ज्ञानले एनआरएनएसँग सक्रिय संलग्नतालाई प्रोत्साहन गर्ने उनको विश्वास छ । सांस्कृतिक आदानप्रदान, कूटनीति,  भाषा, सांस्कृतिक संरक्षणले डायस्पोराले नेपालबीच सांस्कृतिक आदानप्रदान र कूटनीतिलाई सहज बनाउने उनले विश्वास व्यक्त गरे ।

एकआपसको संस्कृतिहरूले सम्बन्ध र समझदारीलाई सुदृढ बनाउने पोख्रेलले विश्वास व्यक्त गरे । नेपाली भाषा र संस्कृतिको ज्ञानले नेपालसँग सम्बन्धित शैक्षिक र व्यावसायिक अवसरहरूको ढोका खोलिने उनले सुनाए । ‘ दोस्रो पुस्ताले देशको विकासमा योगदान पुर्‍याउन सक्छ,’  उनले अगाडि थपे ।


Author

थप समाचार
x