समाज

पितृलाई सम्झिँदै गोकर्णेश्वर मन्दिरमा भीड (फोटो फिचर)

अनुज बज्राचार्य |
भदौ २८, २०८० बिहीबार ११:६ बजे

तस्बिर : अनुज बज्रचार्य/इकागज

काठमाडौँ- कुशे औँशी वा गोकर्ण औँशी भनेर चिनिने भाद्रकृष्ण औँशीका अवसरमा काठमाडौंको उत्तरपूर्वी भागमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । हरेक वर्ष सो स्थानमा हजारौँ भक्तजनहरूको भीड हुने गर्दछ। 

यो पर्वलाई नेपालका हिन्दु धर्मावलम्बीहरुले बुबाको मुख हेर्ने दिनको रुपमा मनाउने गरेका छन् । कुशे औँशीका दिन बुबाआमाको स्नेह र परिवारका सदस्यप्रतिको मायाको सम्झना र सम्मान गर्दै मनाइन्छ। 


पितृ गुमाएकाहरूले मन्दिरमा गएर, श्राद्ध गरेर, पुजारीहरूलाई सिदा चढाएर दिवंग्त सम्झना गर्छन् । यस दिन श्राद्ध गरी सिदा र पिण्ड चढाउँदा दिवंगत पितृको आत्माले सन्तुष्टि प्राप्त गर्ने जनविश्वास रहेको छ ।

 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x