समाज

बुबाको हत्या आराेपमा छाेरा पक्राउ

इकागज |
कात्तिक १२, २०८० आइतबार १७:१८ बजे

कैलाली- आफ्नै बुबा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

आफ्नै घरको आँगनमा घरायसी विवादका क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।



Author

थप समाचार
x