समाज

मधेश प्रदेश प्रहरी प्रमुख पोखरेलद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

इकागज |
माघ २२, २०८० सोमबार २२:१४ बजे

काठमाडौँ- ​मधेश प्रदेश प्रहरी प्रमुख यज्ञ विनोद पोखरेलले निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न गरेका छन् ।

सोमबार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोखरेलले जिल्ला प्रहरी कार्यालय रौतहटकाे निरीक्षण गरेका हुन् ।


निरीक्षण तथा अवलोकन पश्चात् यस कार्यालय मातहत सम्पूर्ण प्रहरी इकाइका प्रमुखहरू तथा यस कार्यालयमा कार्यरत सबैलाई आवश्यक नीति निर्देशन समेत दिएका छन् ।

यस्तै प्रदेशमा शान्ति सुरक्षा कायम गर्नका निम्ति रौतहट जिल्लाका सर्वसाधारण जनता तथा संघसंस्थाका प्रतिनिधिहरूसँग पनि भेट तथा अन्तर्क्रिया गरेका छन् । सो क्रममा उनले जनताका गुनासा तथा सल्लाहसुझाव समेत लिएका छन् ।   

मधेश प्रदेश​मा घटित पछिल्ला घटना क्रमलाई हेर्दा डीआईजी पोखरेलले सकारात्मक अवस्थाको सिर्जना गर्न सक्ने आकलनसहित यस प्रदेशमा सरुवा गरेको हो । सोही अनुरूप नै डीआईजी पोखरेलले पनि प्रदेशमा भइरहेका हरेक गतिविधिहरूमा आफ्नो सक्रियता बढाएका छन् । उनी प्रदेशको अमनचयनका लागि गम्भीर भएर लागिरहेको देखिन्छन् ।

प्रदेशमा कसरी शान्ति सुरक्षा कायम गर्न सकिन्छ भन्ने हेतुले मातहतका सबै जिल्लाका गतिविधि नियालिरहेका हुन्छन् ।

उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगञ्जमा कार्यररत रहँदा ललिता निवास, सुन काण्ड जस्ता ठूला-ठूला संगठित भ्रष्टाचार तथा अपराधको सफल अनुसन्धान गरिसकेका छन् । ​मधेश प्रदेशमा हाेस् वा सीआईबीमा उनले आफ्नो कार्यकालमा एउटा कुशल नेतृत्वको रूपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । त्यसैले पनि डीआईजी​ पोखरेललाई मधेश प्रदेशमा सरुवा गर्दा प्रदेशमा हाल भड्केको द्वन्द्व अन्त्य भई शान्ति सुरक्षा कायम हुने आशा गरेर त्यहाँ पठाइएको अड्कल लगाउन सकिन्छ । 


Author

थप समाचार
x