समाज

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

इकागज |
माघ २६, २०८० शुक्रबार २१:२८ बजे

सुनसरी- सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र-१ का अर्जुन विश्वकर्मा रहेका छन् । विश्वकर्मालाई धरान-१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।


विश्वकर्माले २०६१ मंसिर २३ गते १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । करणी गरी फरार रहेका विश्वकर्मामाथि सर्वोच्च अदालतले २०६७ वैशाख २९ गते ९ वर्ष ५ महिना १९ दिन कैद सजायको फैसला गरेको थियो ।

पक्राउ परेका विश्वकर्मालाई शुक्रबार नै अदालत पेस गरी जिल्ला अदालत सुनसरीको आदेशानुसार झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x