समाज

मंसिरदेखि हराएका आयुषको शव पोष्‍टमार्टमका लागि काठमाडौँमा

इकागज |
फागुन २८, २०८० सोमबार १०:५६ बजे

काठमाडौँ- धादिङको गल्छीमा बेवारिसे अवस्थामा फेला परेको शवको परिवार सम्पर्कमा आएका छ्न् । आइतबार कपिलवस्तु वीरपुर ६ का आयुष बस्नेतको शव प्रहरीले फेला पारेको थियो ।

२० वर्षीय बस्नेत गत मङ्सिरदेखि हराइरहेको धादिङ जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जैशवालले जानकारी दिए । ‘परिवार र प्रहरीले खोजतलास गरिरहेको थियो,’ उनले भने,’ उनको गोजीबाट ड्राइभिङ लाइसेन्स फेला परेको छ । शवको अस्थिपञ्जर मात्र देखिन्छ । ‘


पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको उनले जानकारी दिए । उनका अनुसार हिजो बेलुका शवलाई काठमाडौँ पठाइएको हो । परिवारहरू अहिले प्रहरीको सम्पर्कका लागि कार्यालय आइरहेको उनले बताए ।

‘बस्नेत हराउनसाथ प्रहरीले व्यापक रुपमा खोजतलास गरिरहेको थियो,’ उनले अगाडि भने ।


Author

थप समाचार
x