खेलकुद

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

इकागज |
बैशाख २५, २०८१ मंगलबार १४:७ बजे

काठमाडौँ- दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ ।

विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालाको भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको हो ।


यसअघि रंगशालाको अवस्था राम्रो नभएको एएफसीका प्रतिनिधिको प्रतिवेदनपछि नेपालले बहराइनबीचको खेल दशरथ रंगशालामा हुन नसकेपछि नेपालले होम र अवे खेल बहराइनमै खेलेको थियो ।

एन्फा र एएफसीले रंगशालाको भौतिक संरचना र पिचमा प्रश्न उठाएका छन् । साथै राति हुने खेलमा फ्लडलाइटको विषयमा समेत प्रश्न उठाएका छन् ।

एन्फा र एएफसीले पत्र लेख्दै रंगशालाको भौतिक अवस्था सुधार गर्न पत्र लेखेका थिए । यसपछि खेलकुद मन्त्रालयले चासो देखाउदै सरोकारवालाको बैठक आज बोलाएको छ । सो बैठकमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई बोलाइएको छ । 


Author

थप समाचार
x