समाज

चैत मसान्तसम्म मदन भण्डारी राजमार्गको रिडी-तम्घास सडक बन्द

इकागज |
चैत ५, २०८० सोमबार ९:१ बजे

काठमाडौँ- मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्ड बन्द हुने भएको छ । रिडीदेखि तम्घास खण्डको २५ किलोमिटरसम्म सडक निर्माणको काम भइरहेकाले सडक बाटो हुन लागेको हो ।

आइतबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले सडक बन्द गर्ने निर्णय गरेको हो ।


चैत ७ गतेदेखि चैत मसान्तसम्म पहरो फोर्ने, सडक चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम हुने भएकाले बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ ।

कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।


Author

थप समाचार
x