समाज

सहकारीको ऋण समयमै तिर्नुस्, अन्यथा कानून बमोजिम असुली प्रक्रिया अगाडि बढाइन्छ : काठमाडौँ महानगर

इकागज |
चैत ५, २०८० सोमबार ९:३८ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सहकारीबाट लिएको ऋण समयमै तिर्न आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै महानगरले ऋण समयमै तिर्न आग्रह गरेको हो ।

ऋणी सदस्यहरूले लिएको ऋणको समयमा सावाँ तथा ब्याज भुक्तान गर्नुपर्नेमा केही ऋणीहरूले विभिन्न बहानाबाजी गर्ने, केही पक्षले सहकारी संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगरेको गुनासो आएको सूचनामा उल्लेख छ ।


केही सहकारी संस्थाहरूमा तरलताको समस्याले सदस्यहरूको बचत फिर्ता गर्न नसकेको अवस्था पाइएको पनि प्रकाशित सूचनामा लेखिएको छ । 

'प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यहरूमा अनुरोध छ' सूचनामा भनिएको छ 'अन्यथा कानून बमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइने व्यहोरासमेत जानकारी गराइन्छ ।'


Author

थप समाचार
x