समाज

बारामा पाटेबाघ मृत फेला

इकागज |
चैत ६, २०८० मंगलबार १९:४८ बजे

फाइल तस्बिर

बारा- बारा जिल्लाको कोल्हवी नगरपालिका-२, अमाव महादेवस्थान भन्ने ठाउँमा आज पुन: एउटा पाटेबाघ मृत फेला परेको छ । 

मृत बाघको उमेर अन्दाजी दुई वर्षको हुनसक्ने अनुमान गरिएको छ । कोल्हवी सब-डिभिजन वन कार्यालयको क्षेत्रमा मृत अवस्थामा फेला परेको सो पोथी बाघको कञ्चटमा घाउ जस्तो देखिएको छ । बाघलाई स्थानीय बासिन्दाले गोली हानेर मारेको हुनसक्ने अनुमान डिभिजन वन कार्यालयले गरेको छ ।


तर, परीक्षणपछि मात्र वास्तविकता खुल्न सक्ने पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए । केही दिन यता गर्मी सुरु भएसँगै जंगलमा पानीको अभाव भएपछि पानी खोज्दै नजिकको बस्तीमा पस्दा बाघ र मानवबीच द्वन्द्व बढेको छ । यस क्रममा कहिले बाघले मानव र कहिले मानवले बाघ मारेका घटना भइरहेका छन् ।


Author

थप समाचार
x