समाज

कञ्चनपुरमा श्रीमान‍ले गरे श्रीमतीको हत्या

इकागज |
चैत १५, २०८० बिहीबार २०:२९ बजे

सांकेतिक तस्बिर

कञ्चनपुर- कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका-१८ सालघारीका ३४ वर्षीय बलराम थारु आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीको हत्या गरेको आरोपमा आज दिउँसो पक्राउ परेका परेका हुन् ।


बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए ।


Author

थप समाचार
x