समाज

इतिहासमा आज

इकागज |
चैत २४, २०८० शनिबार ९:१८ बजे

काठमाडौँ- आज चैत २४ गते अर्थात अप्रिल ६ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।​

वि.सं २०४६ चैत २४ गते तत्कालीन राजा वीरेन्द्र शाहले मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकार विघटन गरी लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बनाए ।


२०४६ सालको जनआन्दोलन चरम उत्कर्षमा पुगेको बेला काङ्ग्रेस नेता गणेशमान सिंहले आन्दोलनको नेतृत्व गरेका थिए भने नेकपा माले, नेकपा मार्क्सवादी, नेपाल मजदुर किसान पार्टीलगायतले संयुक्त वाममोर्चा बनाएका थिए । नेकपा मसाललगायतका पार्टीहरूले संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति बनाएर आन्दोलनमा भाग लिएका थिए ।

सन्‌ १८६२ अप्रिल ६ मा टेनेसीमा शिलोको गृहयुद्ध सुरु भयो । कन्फेडेरेट सेनाहरूले युनियन सेनाहरूविरुद्ध आक्रमण सुरु गरेका थिए । जसले अर्को दिन कन्फेडेरेटहरूलाई पराजित गरेको थियो ।

सन्‌ १८९६ अप्रिल ६ मा पहिलो आधुनिक ओलम्पिक खेलहरू औपचारिक रूपमा एथेन्स ग्रीसमा खेलिएको थियो ।

सन्‌ १९०९ अप्रिल ६ मा अमेरिकी अन्वेषक रोबर्ट ई पेरी, म्याथ्यू ए हेन्सन र चार इनुइट्स उत्तरी ध्रुवमा पुग्ने पहिलो पुरुष भएका थिए ।

सन्‌ १९१७ अप्रिल ६ मा अमेरिका पहिलो विश्वयुद्धमा प्रवेश गर्‍यो । जर्मनीविरुद्ध युद्धको घोषणालाई अनुमोदन गर्न सिनेटमा सामेल भएपछि तत्कालीन राष्ट्रपति वुड्रो विल्सनले हस्ताक्षर गरेका थिए ।

सन्‌ २०२२ अप्रिल ६ मा युक्रेनी बन्दरगाह सहर मारिउपोलका मेयरले रुसी सेनाले गरेको आक्रमणमा पाँच हजारभन्दा बढी सर्वसाधारण मारिएको बताएका थिए । 


Author

थप समाचार
x