समाज

निलोपुलबाट २७ दिनदेखि हरिप्रसाद उप्रेती सम्पर्कविहीन

इकागज |
चैत २७, २०८० मंगलबार १५:४४ बजे

काठमाडौँ- बुढानिलकण्ठ नगरपालिका ९ को निलोपुलबाट २७ दिनदेखि हरिप्रसाद उप्रेती सम्पर्कविहीन भएका छन् । गत फागुन २५ गतेदेखि परिवारको सम्पर्कबाट बाहिर रहेकाले ७५ वर्षीय उप्रेतीलाई परिवारले खोजी गरिदिन आग्रह गरेका छन् ।

परिवारका एक सदस्यका अनुसार घरमा मोबाइल छोडेर बाहिर गएकाले सम्पर्क गर्न गाह्रो भइरहेको छ । प्रहरीकोमा खोजी गर्न निवेदन दिइसकेको ती सदस्यले बताए ।


कसैले देखेमा नजिकको प्रहरी चौकीमा वा मोबाइल नम्बर ९८४१९३२१०३/९८२८०६९३८८ नम्बरमा सम्पर्क गरिदिनु हुन परिवारले अनुरोध  गरेका छन् ।


Author

थप समाचार
x