समाज

वैवाहिक बलात्कारमा दोषी ठहर पूर्वन्यायाधीश गिरी जेल चलान

इकागज |
बैशाख ३, २०८१ सोमबार १४:२८ बजे

काठमाडौँ- वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरी जिल्ला अदालत काठमाडौँमा उपस्थित भएपछि जेल चलान भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौँ जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । 


काठमाडौँ जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर, गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले कानुनी लडाइँ लडिरहेकी थिइन् ।

अदालतमा आत्मसमर्पण गरेका गिरिलाई थुनामा पठाइएको छ ।


Author

थप समाचार
x